Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ओलीलाई हिटलरसँग तुलना गर्दै अध्यक्ष नेपालले भने ओली हिटलरझैं पतन भएर जान्छन्

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कात्तिक ७, काठमाडौँ | </b>नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी ओली पतन भएर जाने दावी गरेका छन् । ओलीलाई हिटलरसँग तुलना गर्दै अध्यक्ष नेपालले उनी पनि पतन भएर जाने बताएका हुन् ।<br></p><p>सत्तारुढ गठबन्धनले सोमबार&nbsp;काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय संयुक्त भेलामा बोल्दै उनले ओली र ओली नेतृत्वको गठबन्धनलाई प्रतिगमनकारी, देशघातीको संज्ञा दिँदै आफ्ना साझा उम्मेदवारलाई विजयी गराउनका लागि एकतावद्ध हुन सत्तारुढ गठबन्धनका नेताहरुलाई पुनः आग्रह समेत गरे ।</p><p>संविधानलाई धुजा धुजा पार्ने, गणतन्त्रलाई नै समाप्त पार्ने ओली प्रवृत्तिलाई समाप्त पार्न पनि सत्तारुढ गठबन्धनले एकतावद्ध भएर आगामी निर्वाचनमा विजयी हासिल गर्नुपर्ने अध्यक्ष नेपालको भनाई थियो । अध्यक्ष नेपालले ओलीले संविधान, कानुन समेत कुल्चने काम गरेकाले त्यसलाई जोगाउनका लागि सत्तारुढ गठबन्धन बनेको दोहो¥याउँदै त्यसलाई कायमै राखेर अघि बढ्नुपर्ने समेत बताए ।</p>