पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक ७, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका विरोधी शक्तिबीच मेलमिलाप हुँदा नै राष्ट्रलाई फाइदा हुने बताएका छन् ।

सशस्त्र द्वन्द्वका क्रममा माओवादी र नेपाली कांग्रेसबीच नै मुख्य लडाई भएको भन्दै उनले अहिले ती शक्ति मिल्दामात्र देशको हित हुने बाताए ।

कतिपयले विगतमा टाउको काट्ने कुरा गर्ने, बम हानेर सिध्याउन खोज्नेसँग पनि मिल्ने भनेर तर्क गरेको भन्दै प्रचण्डले भने, ‘मिल्ने भनेकै दुईवटा लड्नेहरुका बीचमा हो, अनिमात्र मिल्नुको अर्थ र मजा हुन्छ । देश र समाजका लागि पनि केही हुन्छ ।’

प्रचण्डले अगाडि भने, ‘नलड्नेहरुबीच त मिल्नै परेन नि, किन सम्झौता गर्नुप¥यो । सम्झौता गर्ने भनेकै विरोधीहरुका बीचमा लड्दालड्दै हो । सम्झौता फेरि कसैको इच्छाले होइन, तत्कालिन शक्ति सन्तुलनले पैदा गर्ने हो ।’