२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नो नट अगेन’ र तोसिमा कार्कीको रिटमा आज सुनुवाई हुँदै

२०७९, १५ कार्तिक मंगलवार ०७:१८

कात्तिक १५,  काठमाडौँ | आज निर्वाचन आयोगविरुद्ध परेका दुई रिटको सुनुवाई हुँदैछ ।

‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा परेको रिट दायरपछि आज सुनुवाई हुने भएको हो ।

आगामी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुविरुद्ध चलेको अभियानले निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन आयोगले त्यसलाई चासोको रुपमा हेरेको थियो । आयोगले निर्वाचनको गतिविधि प्रभावित हुने भन्दै सो अभियान बन्द गर्न भन्दै विज्ञप्ति जारी गरेको थियो । त्यससँगै आम सर्वसाधारणदेखि संविधानविद्सम्मले आयोगको निर्णयको आलोचना गरेका थिए ।

त्यस्तै उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको माग दाबी लिएर अदालत पुगेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको रिट पनि आज पेसीमा राखिएको छ । उनको रिटमाथि पनि आजै सुनुवाइ हुनेछ ।

नेपाल मेडिकल काउन्सिलको केन्द्रीय सदस्यको रुपमा बैठक भत्ता लिने गरेको आधारमा आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको हो । तर कार्कीले आफूले सो विषयमा आयोगलाई जानकारी गराए पनि आयोगले त्यसलाई चासोका साथ नहेरेको भन्दै सोमबार अदालत गएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट