आमा माइत गएको मौका छोपी ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा बझाङमा ७० वर्षीय वृद्ध पक्राउ

साझासवाल
1 Min Read

<p><b>कात्तिक १५,&nbsp; बझाङ | </b>बझाङमा ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–२ का ७० वर्षीय धनगिरी सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।<br></p><p>पीडितको परिवारले&nbsp;गत भदौ ९ गते सार्कीले ती बालिकालाई चक्लेट, बिस्कुट दिन्छुँ भन्दै ललाई फकाई गरी ३ पटक लगातार बलात्कार गरेको बताएका छन् । खेतमा जाँदा बालिका सार्कीलाई देखेर डराउँदै लुकेपछि उनलाई किन डराएको भनी सोध्दा बालिकाले घटनाबारे बताएको बताइएको छ ।</p><p>बालिकाकी आमा माइती घर गएको मौका छोपी सार्कीले बालिकालाई आफ्नै घरमा ल्याएर करणी गरेको पीडित बालिकाको परिवारले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले सार्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । कार्यालयका अनुसार बालिकाको स्वास्थ्य परीक्षण भइसकेको जनाएको छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply