पढ्न करिब 1 मिनेट लाग्छ
<p><span style="line-height: 1.42857;"><b>भदौ ३०, काठमाडौँ । </b>राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल राजकीय भ्रमणको सिलसिलामा भारततर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सम्हाल्ने गरी तोकेका छन् । </span><br></p><p>नेपालको संविधान बमोजिम प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले उपप्रधानमन्त्री निधिलाई सो कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । </p>

