पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर ५, काठमाडौं । काठमाडौं-८ मा हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले अग्रता लिएका छन् ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले सुरुआती अग्रता कायम गरेका थिए ।

सायमीले ११३७ मत ल्याएर अग्रता उल्ट्याएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र पार्टीमा श्रेष्ठले १०९१ मत पाएका छन् ।

एमालेका शिवसुन्दर राजवैद्यले ५८७ मत पाएका छन् भने पर्यटनमन्त्री समेत रहेका एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४१७ मत पाएका छन् ।