Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

खसेको भन्दा धेरै मतपत्र भेटिएपछि धादिङ–२ को प्रदेश सभा ‘ख’ मा मतगणना स्थगित

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ७, काठमाडौँ । धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ को प्रदेश सभा ‘ख’ मा मतपत्र धेरै भेटिएपछि  गणना रोकिएको छ ।

खनियाँबास गाउँपालिका-४ गणेशकुण्ड मतदान केन्द्रको मतपेटिकाको दुई वटा सिल तोडिएको भन्दै राप्रपा र एमालेका कार्यकर्ताहरुले प्रदर्शन समेत गरेका छन् । चार वटा केन्द्रको खसेको मतमा ९२ मतपत्र धेरै भेटिएको छ ।

त्यहाँ १ हजार १ सय ९ मतदाताले मतदान गरेको मुचुल्का छ । तर मत गन्ने तयारी गर्दा १ हजार २ सय १ मतपत्र भेटिएको हो ।

पछिल्लो मतपरिणाम अनुसार प्रदेश सभा ‘ख’ का उम्मेदवार नेकपा माओवादी केन्द्रका जगत सिंखडा २४६ मतले राप्रपाका उम्मेदवार डम्बर तामाङ भन्दा अगाडि हुनुहुन्छ । सिम्खडाको ९ हजार ८ सय ९ र तामाङको ९ हजार ५ सय ६३ मत रहेको छ ।