पढ्न करिब 1 मिनेट लाग्छ

मंसिर ८, कास्की | नेकपा एमालेका विद्या भट्टराई दोस्रोपटक कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । भट्टराईका श्रीमान् तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि पार्टीले उहाँलाई उपनिर्वाचनमा उम्मेदवार बनाएको थियो । उहाँ उपनिर्वाचनमा पनि विजयी हुनुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयको उप–प्राध्यापकबाट राजीनामा दिएर शोकलाई शक्तिमा बदल्ने अठोटका साथ चुनावमा होमिएकी भट्टराईं सो उपनिर्वाचनमा पनि विजयी हुनुभएको थियो ।

आसन्न निर्वाचनमा पनि उहाँका अगाडि चुनौती नभएको होइन । एकातर्फ सत्ता गठबन्धनका विपक्षमा लड्नुपर्ने र अर्कातर्फ स्वतन्त्र उम्मेदवारको बढ्दो मतको चुनौती उहाँका अगाडि थियो । तर पनि आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलको भन्दा चार हजार पाँच सय बढी मतान्तरले उहाँ विजयी हुनुभयो ।

शान्त स्वभावले विपक्षीहरुको पनि मन जित्न सकेको उहाँका नजिकका राजनीतिकर्मीहरु बताउँछन् । किशोरावस्थाबाटै आफूलाई परिवर्तनको पक्षमा उभ्याउन सफल उहाँले स्वर्गीय रवीन्द्र अधिकारीका अधुरा सपना पूरा गर्ने अठोटमा हुनुहुन्छ ।

अनेरास्ववियुको केन्द्रीय कमिटी सचिवको जिम्मेवारी पूरा गर्नुका साथै महिला, बुद्धिजीवी हुँदै पार्टीको केन्द्रीय विभागमा रहेर काम गर्नुभएका उहाँ हाल नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ ।