पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>मङ्सिर ११, काठमाडौँ |</b> निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ हालसम्म कूल ८३ लाख ३२ हजार १०१ मत गणना भएको छ । आइतबार बिहा ८:३० बजेसम्मको मत परिणामअनुसार नेकपा एमाले २२ लाख ९४ हजार ९८७ मतसहित शीर्ष स्थानमा रहेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २१ लाख ९७ हजार २३० पाएको छ । तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले ९ लाख ६२ हजार ८५५ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २० हजार ३८२ मत प्राप्त गरेको छ । <br></p><p>त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८५ हजार ६०२ मत पाएको छ । यस्तै जसपाले २ लाख ८२ हजार २२८ मत पाएको छ । एकीकृत समाजवादी पार्टीले २ लाख १९ हजार ५९ मत पाएको छ । हाल मत गणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।</p>

