पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर १५, काठमाडौँ | पहिलोपटक गायक राजेशपायल राईले छोराको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनको छोराको नाम हो सायारेम ।

गत असोज १५ गते राजेशपायल राईलाई पुत्रलाभ भएको खबर प्रकाशित भएको थियो । समाचार आएपछि पनि यसबारे राजेशपायल मौन थिए ।

उनीसँग लिभिङ टुगेदरमा बसिरहेकी सङबुङ राईबाट राजेशलाई पुत्रलाभ भएको हो । सङबुङले टिकटकबाट राजेशपायल र छोराको भिडियो तथा तस्वीर सार्वजनिक गर्दै आएकी थिइन् ।

राजेशपायलले बुधबार बेलुका छोराको पास्नीको तस्वीर सार्वजनिक गरेका हुन् । उनी लेख्छन्, ‘पहिलो भात खुवाइ यानेकी पास्नी । दिदी राइसासँग सायारेम । उनको यो पोस्टमा बधाई र शुभकामनाको ओइरो लागेको छ ।