पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर १५, स्याङ्जा | नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले २ हजार बढी मत सहित अग्रता कायम गरेका छन्।

स्याङ्जा २ मा एमालेकी सचिव पद्मा अर्यालसँग गुरुङले २ हजार ३५ मतको अग्रता लिएका हुन्।

गुरुङले ८ हजार ४२ मत प्राप्त गर्दा अर्यालले ६ हजार ७ मत पाएकी छिन्।

निर्वाचन सम्पन्न भएको ११ औँ दिनसम्म पनि त्यहाँ गणना हुन सकेको थिएन।

एमालेले त्यहाँ पुन :मतदानको माग गरेको थियो। निर्वाचन आयोगको बुधबारको बैठकले पुन: मतदान नगर्ने निर्णय गरेपछि आजबाट गणना भएको हो।