2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाविरुद्ध नेमार फर्किने सम्भावना

मङ्सिर १९, काठमाडौँ | पाँचपटकको विजेता ब्राजिलले सोमबार एसियन राष्ट्र दक्षिण कोरियाको सामना गर्नेछ । समूह ‘जी’बाट ब्राजिलले सुरुवाती दुई खेल जित्दै अन्तिम १६ को स्थान पक्का गरेको थियो । अन्तिम खेलमा ब्राजिल इतिहासमै पहिलोपटक क्यामरुनसँग १–० ले पराजित भयो । शतप्रतिशत नतिजाका साथ नकआउट चरणमा पुग्ने ब्राजिलको लक्ष्य पूरा भएन । तर, दक्षिण कोरियासँगको प्रतिस्पर्धामा ब्राजिलले क्यामरुनसँग दोहोर्‍याएको गल्ती नगर्ने पक्षमा छ । 


क्यामरुनविरुद्ध दक्षिण अमेरिकी टोली ब्राजिलले अधिकांश पहिलो रोजाइका खेलाडीलाई विश्राम दिएको थियो । दक्षिण कोरियाले आफ्नो समूहको अन्तिम खेलमा पोर्चुगललाई २–१ ले हराउँदै प्रिक्वार्टरफाइनल स्थान पक्का गरेको थियो । स्टेडियम ९७४ मा हुने प्रि–क्वार्टरफाइनल खेलअघि ब्राजिलले आफ्ना स्टार खेलाडी नेमारलाई खेलाउने सम्भावना छ । चोट बोकेका नेमारले आइतबार अभ्यास थालेका छन् । पहिलो खेलमा सर्बियालाई पराजित गर्दा नेमार घाइते भएका थिए । 

एसियाली राष्ट्रविरुद्ध ब्राजिल ‘फ्रेस फेस’मा हुनेछ । गाब्रियल जेसुस र एलेक्स टेल चोटग्रस्त हुँदा अन्तिम १६ मा उपलब्ध हुनेछैनन् । नेमार फर्कंदा रिचार्लिसन, भिनिसियस जुनियर, राफिन्हा, कासेमेरोजस्ता खेलाडी रहँदा फिफा वरीयतामा शीर्ष स्थानमा रहेको ब्राजिल बलियो स्थितिमा देखिन्छ । अग्रपंक्तिमा युवा खेलाडी रिचार्लिसनसँग प्रशिक्षक टिटेले धेरै आशा गर्दछन् । 

उनले विश्वकपमा दुई गोल गरेका छन् । चोटमुक्त हुँदै फर्किंदा नेमारले ‘प्लेइङ सेट’मा खेल्ने या नखेल्ने पक्का हुन सकेको छैन । समूह ‘एच’बाट दक्षिण कोरिया उपविजेता हुँदा उरुग्वेलाई गोलअन्तरमा पछि पारेको थियो । विपक्षी पोस्टमा धेरै गोल गरेका कारण दक्षिण कोरियाको भाग्य खुलेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक