2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्विटरले हटायो आधा दर्जन पत्रकारको खाता

पुस १, काठमाडौँ | ट्विटरले इलन मस्क र ट्विटरबारे लेख्दै आएका करिब आधा दर्जन पत्रकारहरूको खाता निलम्बन गरेपछि सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ । ट्विटरले न्युयोर्क टाइम्स, वासिङ्टन पोस्ट, सीएनएन, मासेबललगायत चर्चित मिडियामा आबद्ध पत्रकारहरूको खाता बिहीबार हटाएको छ ।

यसअघि ट्विटरले इलन मस्क लगायत विभिन्न प्रमुख व्यक्तिहरूको व्यक्तिगत जहाज ट्रयाकिङ गर्ने झण्डै २५ वटा ट्विटर खाताहरूलाई पनि हटाइदिएको थियो । यो पटक निलम्बनमा परेका पत्रकारमा न्युयोर्क टाइम्सका रायन म्याक, वासिङ्टन पोस्टका ड्रु हर्वेल, इन्डिपेन्डेन्टका आरोन रुपर, सीएनएनका डनी सुलिभान, मासेबलका म्याट बाइन्डर, स्वतन्त्र पत्रकार टोनी वेबस्टर, इन्टरसेप्टका मिका ली र राजनीतिक पत्रकार किथ ओल्बरम्यान छन् ।


उनीहरूको ट्विटर खातामा अहिले ‘ट्विटरको नियम उल्लंघन गरेको’ सूचना देखाइएको छ । गएको महिना मस्कको जहाजलाई ट्रयाक गर्ने बीस वर्षीय विद्यार्थी ज्याक स्वीनीको ट्विटर खाताबारे सोधिएको प्रश्नमा मस्कले आफूलाई व्यक्तिगत रुपमै असर गर्ने कार्य गरिएको भए पनि आफूले उक्त एकाउन्ट चल्न दिने र वाक स्वतन्त्रताप्रति आफ्नो प्रतिबद्धता कायम रहेको प्रतिकृया दिएका थिए ।

अहिले हटाइएका पत्रकारहरूमध्ये केहीले मस्कको जहाज ट्रयाक गर्ने उक्त ट्विटर एकाउन्टबारे लेखेका थिए भने केहीले मस्कको ट्विटर स्वामित्वबारे विविध विषयमा उनको आलोचना गरेका थिए । आफूले ट्विटर खरीद गरेपछि मस्कले सो सञ्जाललाई एकदमै स्वस्थ्य र कृयाशिल बहसको स्थल बनाउने घोषणा गरेका थिए । एप्रिलमा गरेको एक ट्वीटमा उनले लेखेका थिए, ‘मलाई आशा छ, मेरा सबैभन्दा ठूला आलोचकहरू पनि ट्विटरमा रहिरहनेछन् किनभने वाकस्वतन्त्रता भनेको त्यही हो ।’ तर गएको साता आफ्नो परिवारको यात्रासम्बन्धी विवरण सार्वजनिक हुँदा समस्या आएपछि उनले आफ्नो विचार फेरेको देखिन्छ ।

सस्पेन्ड गरिएका पत्रकारहरूको एकाउन्टमा दसौं हजार फलोअर छन् । यो घटनाको बारेमा ट्वीट गर्दै मस्कले कसैको पनि रियल टाइम लोकेसन (उपस्थित भएको स्थान र समय) सार्वजनिक रुपमा सेयर गर्ने एकाउन्टहरू निलम्बन गरिने बताएका छन् । सस्पेन्ड भएकामध्ये धेरैले ती स्वीनी र उनको एकाउन्ट इलन जेटबारे लेखेका थिए । मस्कले आफ्नो छोराको गाडीलाई लस एन्जलसमा पछ्याइएको र अवरोधसमेत गरिएको भिडियो पनि सार्वजनिक गर्दै यससँग सम्बन्धित व्यक्तिहरूका विरुद्ध कानुनी उपचारमा जाने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन