पढ्न करिब 1 मिनेट लाग्छ

पुस ११, काठमाडौँ | तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सेलिब्रिटीले पनि बधाई दिइरहेका छन् ।

गायक तथा भ्वाइस अफ नेपालको चौथो सिजनका कोच राजेशपायल राईले प्रचण्डलाई बधाई दिंदै छलाङ मारेर संसारलाई चकित पार्नुहोला भन्ने शुभकामना दिएका छन् ।

उनी लेख्छन्, ‘नेपाल र नेपालीको हितमा काम गर्दै विकासको अद्भूत पराकास्टा, छलाङ्ग मार्दै, संसारलाई चकित पार्नु होला, नयाँ प्रधानमन्त्रीको लागि हार्दिक बधाई तथा शुभकामना ।’

उक्त शुभकामनामा गायकले छोरा सायारेम र भ्वाइस अफ नेपालको चर्चित थेगो ‘योयो’ उल्लेख गरेका छन् ।

प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै खुमलटार पुगेका संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले पनि बधाई दिएका छन् । अन्य कलाकारले समेत सामाजिक सञ्जालबाट प्रचण्डलाई सफल कार्यकालको लागि भन्दै बधाई दिएका छन् ।