पढ्न करिब 1 मिनेट लाग्छ

पुस १२, काठमाडौँ । कतार विश्वकपमा चम्किएका डच खेलाडी कोडी गाक्पोलाई इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले भित्र्याउने भएको छ।

२३ वर्षीय गाक्पो हाल घरेलु क्लब पीएसभी एन्डधोभन खेलिरहेका छन्। स्ट्राइकर गाक्पोको ३ गोल मदतमा नेदरल्यान्ड्स हालै सम्पन्न विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो। उनले समूहगत चरणका तीनवटै खेलमा गोल गरेका थिए।

एन्डधोभनले ४० देखि ५० मिलियन युरोमा गाक्पोलाई लिभरपुललाई विक्री गर्न लागेको बिबिसीले उल्लेख गरेको छ। उक्त क्लबले आफ्नो इतिहासकै कीर्तिमानी ट्रान्सफर हुन सक्ने उल्लेख पनि गरेको छ।

गाक्पोले यो सिजन घरेलु लिगमा खेलेका १४ खेलमा ९ गोल गरेका छन् भने १२ गोलमा असिस्ट रहेको छ। यस्तै युरोपा लिगमा ३ गोल र दुई असिस्ट गरेका छन्। लुइस डियाज र डिएगो जोताजस्ता खेलाडी घाइते रहेपछि लिभरपुलले उनीहरुको विकल्प तयार गरेको हो।

डच टोलीका कप्तान भर्जिल भान डायक लिभरपुलमा रहेकाले पनि उदयीमान स्टारको पहिचान बनाइरहेका गाक्पोलाई बलियो इङ्लिस क्लबमा जान सजिलो बनेको हो। भान डायकले पनि खुसी व्यक्त गरेका छन्। गाक्पो सन् २०१८ यता एन्डधोभनमा रहेका छन्।