२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डबारे मेरो धारणा यथावत् छ, राप्रपाले सरकारलाई समर्थन गर्न यी ३ सर्त राख्नुपर्छ: रवीन्द्र मिश्र

२०७९, १३ पुष बुधबार ०६:१८

पुस १२, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी कुनै हालतमा सरकारमा जान नहुने बताएका छन्।

बहुमतको सरकार नै बन्न नसक्ने अवस्था देखिएका कारण अन्तिम घडीमा सरकार गठनमा समर्थन गरे पनि अब सरकारलाई समर्थनको निरन्तरताका लागि राप्रपाले तीन सर्त राख्नुपर्ने मिश्रले बताए। राप्रपासहित ७ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।


मिश्रले गत मंसिरमा भएको चुनाव प्रचारका क्रममा माओवादी पेन्डुलम भएर बस्ने र बिलय भएर जाने अभिव्यक्ति दिएका थिए। ‘यो देशमा अबको केही वर्षमा जम्मा तीन वटा पार्टी रहन्छ- राप्रपा, एमाले र कांग्रेस,’ मिश्रले भनेका थिए, ‘माओवादी पेन्डुलमजस्तो यता र उता गर्छ। कि त्यो बिलय हुन्छ कि साँघुरिएर बस्छ। त्यसबाहेक क्षेत्रीय दलहरू सानो-सानो अवस्थामा रहन्छ। नेपालमा मुलत तीन पार्टी रहन्छ। तीमध्ये एमाले र कांग्रेस एकै कित्तामा भएका दुई नामका पार्टी हुन्। किनभने यी दुवै पार्टीको लगभग प्रचण्डीकरण भइसक्यो। त्यही बाटोमा हिँडेका छन्। अर्को नरम सम्बर्द्धनवादी धारमा राप्रपा छ। धर्म, संस्कृति, देशको पहिचान जोगाउनुपर्‍यो, त्यो जगमा प्रगतिशील र रूपान्तरण गर्नुपर्‍यो भन्ने धार राप्रपाले बोकेको छ, यो धार पर्दैन।’

साथै मिश्रले नेपाली कांग्रेस र एमालेलाई प्रचण्डीकरण भएको आरोप लगाएका थिए। अहिले राप्रपाले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेपछि उक्त कुरा उप्काउँदै मिश्रमाथि ट्वीटरलगायतमा धारणा माग भइरहेका थिए। मिश्रले मंगलबार बेलुकी ट्वीट गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका कुरासमेत उल्लेख गरेका छन्, जसमा लिङ्देन पनि पार्टी सरकारमा जाँदैन भनिरहेको उल्लेख छ।

‘तथ्य र तीन सर्त, राप्रपा सरकारमा जाँदैन: राजेन्द्र लिङदेन। कुनै हालतमा जानु हुँदैन: म,’ मिश्रले गरेको ट्वीटमा उल्लेख गरिएको छ, ‘समर्थनका सम्बन्धमा प्रचण्डबारेको मेरो पुरानो व्यक्तिगत धारणा यथावत् छ। तर बहुमतको सरकार नै बन्न नसक्ने अवस्था देखिएका कारण अन्तिम घडीमा राप्रपाले सरकार निर्माणमा समर्थन गरेको हो।’

पुस १० गते अध्यक्ष लिङ्देन नयाँ सरकार गठनलगायत विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा पुगेका थिए। बालकोटबाट फर्केपछि लिङ्देनले पदाधिकारी बैठक राखेर 'नयाँ सरकार गठनमा राप्रपा बाधक नबन्ने' निर्णय गराएका थिए। सोही दिन अध्यक्ष लिङ्देन सहितको समर्थन पत्रबाट माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। 

‘राप्रपाको बैठकले सरकारलाई समर्थन गर्ने निर्णय गरिसक्दा बाहिर अरू केही पनि समर्थन गरिसकेछन्। जसले गर्दा धेरैलाई राप्रपाले समर्थन नगरेको भए पनि बहुमतको सरकार निर्माण हुन्थ्यो भन्ने पर्‍यो, जुन साँचो हो। तर अवस्था सोचेभन्दा फरक किसिमबाट विकसित भएको थियो,’ मिश्रले भनेका छन्।

प्रचण्ड ७ दल र ३ स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। सरकार बनाउन १३८ जना सांसदको समर्थन भए बहुमत पुग्छ। सरकारलाई दिएको समर्थनको निरन्तरताका लागि राप्रपाले कम्तिमा पनि ३ वटा सर्त राख्नुपर्ने वरिष्ठ उपाध्यक्ष मिश्र बताउँछन्।

१. पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस वा नेपाल दिवस घोषणा गरियोस्।

२. संविधानको अन्तिम मस्यौदा तयार पार्दा संविधान सभाले जनतासँग धर्म निरपेक्षताबारे संकलन गरेको जनमतको यथार्थ विवरण सार्वजनिक गरियोस्, जनचाहना अनुरूप निर्णय गरियोस्।

३. उच्चस्तरीय नागरिक आयोग गठन गरेर २०४६ सालपछिका सबै उच्चपदस्थको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाही गरियोस्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ