Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

न्यूनतम साझा कार्यक्रम तयारीका लागि ओलीको नेतृत्वमा समिति बनाउने सत्ता साझेदार दलको निर्णय

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १४, काठमाडौँ | सातदलीय गठवन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र बनाउने निर्णय गरेको छ ।

मस्यौदाका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा हरेक दलको प्रतिनिधिसहितको समिति बनाइने उपप्रधामन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र लामिछाने सहभागी थिए ।

उनले भने, ‘हामीले केका लागि सरकार बनायौँ भनेर देखाउका लागि साझा कार्यक्रम ल्याउन लागेका छौँ । त्यसका लागि सबै दलबाट एक/एक जना प्रतिनिधि रहन्छन् । त्यसले साझा कार्यक्रमको मस्यौदा तय गर्नका लागि अब निरन्तर बैठक बस्छ ।’

उनले राप्रपा पनि सरकारमा जानका लागि लचिलो रहेको बताए । न्यूनतम साझा कार्यक्रममा राप्रपाको मागसमेत समेटिने रविले जिकिर गरे ।

मन्त्रिपरिषद् विस्तारका लागि व्यापक छलफल भएपनि अहिल्यै टुंगो नलागेको उनको भनाइ छ । गठबन्धन दलहरूबीच प्रदेशसम्म प्याकेजमै सहमति हुने पनि उनले सुनाए ।

बैठकमा मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भएको लामिछानेले बताए । क्षमताका आधारमा मन्त्री नियुक्त गर्ने समझदारी भएको उनको भनाइ छ ।