पढ्न करिब 1 मिनेट लाग्छ

पुस १७, काठमाडौँ | नेकपा एमाले लुम्बिनी संसदीय दलको बैठकले दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज लीला गिरीलाई सर्वसम्मत चयत गरेको छ । चेतनारायण आचार्यलाई उपनेता चयन गरिएको छ ।

आइतबार सांसदहरूको शपथ ग्रहणपछि देउखुरीमा बसेको बैठकले दुवैजनालाई सर्वसम्मत चयन गरिएको सांसद भूमिश्वर ढकालले नेपाल प्रेसलाई बताए । गिरी रुपन्देही २ को १ बाट र आचार्य अर्घाखाँची १ बाट निर्वाचित भएका हुन् ।

यसअघि दुवैजना दलको नेतामा आकांक्षी भएपनि नेतृत्वले सहमतिमा टुंगाएको हो । उनीहरू दुवैजना पूर्वमन्त्री हुन् ।