Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रचण्डलाई समर्थन गरेका उपेन्द्र यादवले किन भेटे देउवालाई?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २१, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। बिहीबार उनीहरू धुम्बाराहीस्थित देउवा निवासमा भेटवार्ता गरेका हुन्। दुई नेताबीच समसमायिक विषयमा छलफल भएको छ।

तत्कालीन पाँच दलीय गठबन्धन तोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री बनेपछि देउवा धुम्बाराहीमा सरेका थिए। एमाले नेतृत्वको गठबन्धनमा यादव नेतृत्वको पार्टीले पनि समर्थन गरेको छ। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनुअघि नै देउवा र यादवको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यादवले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा जाने नजाने निर्णय गरेका छैनन्।