2026-06-16 12:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी नेताको खुलासा- प्रचण्ड प्रम बन्नुअघि प्रदेश सरकारको नेतृत्वबारे कुनै निर्णय भएको छैन

२०७९ पुष २२, शुक्रवार

पुस २२, काठमाडौँ | नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्वोले सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको विषयमा कुनै समझदारी भइनसकेको खुलासा गरेका छन् ।

प्रदेश – १ अर्थमन्त्रीसमेत रहेका नेता आङ्वोले सामाजिक संजला फेसबुकमा स्टाटस लेख्दै सरकार गठन हुनुअघि दलहरुबीच प्रदेशको नेतृत्वबारे कुनै सहमति नभएको स्पष्ट पारेका हुन् ।

गत पुष १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुँदै गर्दा एमाले र माओवादीबीच प्रदेश सरकारको नेतृत्वका लागि पनि बाँडफाँड भइसकेको बताइएको थियो । तर आङ्वोले भने उक्त भनाइको खारेजी गरेका हुन् ।


‘अफवाहहरुको पछि नकुदौँ । सत्ता साझेदार दलहरूबीच प्रदेश सरकारहरुको साझेदारी र बाँडफाँडमा कुनै निर्णय र सहमति भइसकेको छैन,’ आङ्वोले भनेका छन् ।

उनले केन्द्रीय स्तरमा हुने सहमतिलाई टुंगोमा नपुगी प्रदेश स्तरमा भइरहेका निर्णय तथा छलफललाई अनौपचारिक मात्रै हुने बताएका छन् ।

त्यस्तैगरी आङ्वोले प्रदेशमा पार्टी र संसदीय दल भित्र पात्रहरुले प्राप्त गर्ने कुनै जिम्मेवारीको बारेमा छलफल नै प्रारम्भ नभएको र पार्टीको माथिल्लो निकाय प्रदेशस्तरमा कुनै पनि निर्देशन वा दवाव नआएको पनि स्पष्ट पारेका छन् ।

यसअघि एमालेसहितको ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनु अघि ७ प्रदेशमध्ये ४ को मुख्यमन्त्री एमाले, २ प्रदेश माओवादी र मधेश प्रदेशको नेतृत्व जसपा र जनमत पार्टीले आधा आधा कार्यकाल लिने सहमति चर्चा चलेको थियो ।

आङ्वो प्रदेश – १ को मुख्यमन्त्रीका दावेदार हुन् । त्यस्तै एमालेका हिक्मत कार्कीले पनि प्रदेश मुख्यमन्त्रीमा दावी गरिरहेका छन् । तर सत्ता गठबन्धनका दलहरुबीच प्रदेश १ कसको भागमा पर्ने भन्ने निर्क्यौल हुन सकेको छैन ।

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकार गठनका लागि यसअघि नै समयसीमा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई करोडौंको क्षति, विभागले माग्यो उडान विवरण माग कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन