Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रचण्डलाई भेटेपछी मेहताले भने ‘नयाँ नेपाल बनाउने लिडर प्रचण्ड हुन्’

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २, नयाँदिल्ली । भारतको चार दिने राजकीय भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एवं अन्य नेताहरुले प्रशंसाको उचाईमा पुर्याएर भ्रमणबाट बिदाई गरेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्ड नेपालको शान्ति प्रक्रियाको क्याटलिष्ट भएको भन्दै प्रशंसा गरे । त्यस्तै एक कार्यक्रममा प्रचण्डको प्रशंसा गर्दै जनता दल युनाइटेडका नेता शरद यादवले प्रचण्डलाई ‘संग्रामी आदमी’ को उपमा दिए । उनले भने 'म तपाईको अभिनन्दन गर्छु ।'

त्यस्तै भारतका पूर्वसैनिक जनरल मेहताले नेपालमा अनलाइनसँगको कुराकानीमा भनेका छन् ‘नेपालको क्रान्ति, नेपालको टा्रन्सफरमेशन र नयाँ नेपाल बनाउने लिडर त उनै हुन् नि ! नयाँ नेपाल अहिले हामी देखिराखेका छौं, अहिले पूरा भएको छैन, काम सुरु भएको छ, यसको लिडर त प्रचण्ड नै हुन् । माओवादी हो । नेपालको एजेण्डा चेञ्ज गर्ने लिडरसीप प्रचण्डको हो ।’

मेहता नेपाल मामिलाका जानकार मानिन्छन । उनले नेपालका नेताहरु शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलाई तुलना गर्दा प्रचण्ड नै सक्षम नेता भएको बताए ।