Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रदेश १ का मुख्यमन्त्री कार्की सपथ लिँदै, माओवादी केन्द्र असन्तुष्ट

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २५, काठमाडौं | प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सोमबार सपथ लिँदैछन्। आइतबार मुख्यमन्त्रीमा नियुक्त कार्कीले पूर्ण कार्यकाल मुख्यमन्त्री पाउनेछन्।

कार्कीले पूरै कार्यकाल मुख्यमन्त्री पाउने निर्णय केन्द्रले गरेपछि स्थानीय माओवादी केन्द्रका नेताहरु असन्तुष्ट भएका छन्।

माओवादी केन्द्रबाट मुख्यमन्त्रीका प्रत्यासी इन्द्रबहादुर आङ्बोले असन्तुष्टि जनाउँदै तत्काल सरकारमा सहभागी नहुने अडान लिइरहेका छन्।

अहिले माओवादी केन्द्रको आन्तरिक बैठक जारी छ। प्रदेश १ मा पनि आलोपालो सरकार बनाउन पाउनुपर्ने स्थानीय माओवादी नेताहरुको माग छ।

सरकारमा नगए पनि समर्थन भने यथावत रहनेछ। कार्कीले सपथसँगै सानो आकारको मन्त्रीमण्डलसमेत विस्तार गर्ने बताएका छन्।