२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

२०७३, २ आश्विन आईतवार ११:०४

असोज २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल छिमेकी मुलुक भारतको चारदिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । 

आज अपराह्न नेपाल वायुसेवा निगमको उडानबाट स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिगण, संवैधानिक अङ्गका प्रमुख, मुख्य सचिव, सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गर्नुभएको थियो । 

सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री दाहालको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो । नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री दाहाल भारतका राष्ट्रपति प्रणव मुखर्जीका राजकीय पाहुनाका रूपमा राष्ट्रपति भवनमा बस्नुभएको थियो । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा गत भदौ ३० गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली प्रस्थान गर्नुभएका प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा भारतीय राष्ट्रपति मुखर्जी, प्रधानमन्त्री मोदीलगायतसँग उच्च राजनीतिक भेटवार्ता गर्नुभएको थियो । 

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतमा दुवै मुलुकको आपसी हित र सम्बन्धका बारेमा छलफल गर्नाका साथै महत्वपूर्ण तीनबुँदे समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । उहाँका साथमा धर्मपत्नी सीता दाहाल, भ्रमण दलमा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकलगायत हुनुहुन्थ्यो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला