Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कर्णालीको मुख्यमन्त्रीमा आलोपालो गर्ने एमाले-माओवादी सहमति

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २७, काठमाडौँ । कर्णाली प्रदेश सरकारको नेतृत्व आलोपालो गर्न नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सहमति भएको छ । पाँच वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने केन्द्रमा शीर्ष नेताबीच सहमति भए पनि कर्णालीमा साढे दुई-दुई वर्ष मुख्यमन्त्री आलोपालो बन्नेमा समहमति भएको हो ।

प्रदेश सदस्य टेकराज पछाइले सुरुमा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई वर्ष नेतृत्व गर्ने र त्यसपछि एमाले संसदीय दलका नेता यमलाल कँडेलले नेतृत्व गर्ने गरी सहमति भएको बताए । आजै प्रदेश प्रमुख कार्यालयमा शर्माले मुख्यमन्त्रीको दाबी पेस गर्ने नेता पछाइले बताए ।

प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार साँझ ५ बजेसम्मको समय तोकेका छन् ।

कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १० सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एकीकृत समाजवादीका १/१ सांसद छन् भने १ जना स्वतन्त्र सांसद गरी ४० सांसद रहेका छन् ।