पढ्न करिब 1 मिनेट लाग्छ

माघ ५, काठमाडौँ | सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारसँग थप अर्को मन्त्रालय माग गरेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री प्रचण्डसँग थप एउटा मन्त्रालयको प्रस्ताव राखेका हुन् ।

सोही विषयमा छलफलका लागि अहिले सो पार्टीका उपाध्यक्ष समेत रहेका खानेपानी मन्त्री अब्दुल खान बालुवाटार गएका छन् । यसअघि सो पार्टीले खानेपानी मन्त्रालय अस्वीकार गरेको थियो । थप एउटा मन्त्रालय पाएमा खानेपानीसहित दुईटा मन्त्रालय लिएर पार्टी सरकारमा सहभागी हुने प्रस्ताव मन्त्री खानले प्रधानमन्त्री प्रचण्डसमक्ष राखेका छन् । प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई खानेपानी मन्त्रालयको सट्टा वन मन्त्रालय दिन चाहेका थिए । तर उक्त पार्टीले वन मन्त्रालय र खानेपानी मन्त्रालयको माग गर्दै आएको छ ।

सो पार्टीले एउटा मात्र मन्त्रालय दिएमा उद्योग, वाणिज्य मन्त्रालय अथवा त्यो जस्तै कुनै अर्को मन्त्रालय दिनुपर्ने माग राखेको छ भने दुईटा दिने भए खानेपानी र वन मन्त्रालयको माग गर्दै आएको हो । मन्त्रालयको भागबन्डा मिलेमा सरकारमा सहभागी हुने नभए समर्थन फिर्ता लिने अवस्थामा जनमत पार्टी पुगेको छ । उक्त पार्टीले आजै केन्द्रीय समिति बैठक पनि बेलाएको छ ।