2026-06-17 01:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुपन्देही जल्ला प्रशासन कार्यालयमा “टाईम कार्ड”

माघ ५, रुपन्देही | रुपन्देही जिल्ला प्रशासन कार्यालयले आजदेखि आफ्ना चार वटा सेवामा ‘टाईम कार्ड’ लागू गरेको छ । सेवालाई  सहज ल्याउन तथा सेवामा समयप्रति देखिएको अन्र्याैल हटाउन उक्त कार्ड लागू गरिएको हो । सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र तथा ई–पासपोर्टमा उक्त कार्ड लागू गरिएको छ । 


कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय नै तोकेर सेवा दिने तयारी गरिएको उहाँले बताउनुभयो । “यसअघि पनि बडापत्रमा लेखिएअनुसार सोही दिन नै सेवा दिइरहेका थियौंँ, तर यसले कति घण्टा प्रतिक्षा गर्नुपर्ने भन्ने सेवाग्राहीमा अन्र्यौल थियो ।” सूचना अधिकारी अर्यालले भन्नुभयो “टाईम कार्ड लागू भएपछि सेवाग्राहीले एउटा निश्चित समय पाउँछ र सो समयसम्म उसले अन्य काम पनि भ्याउन सक्छ ।”

उहाँका अनुसार कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय सहितको एउटा टोकन वितरण गरिन्छ । टोकनमा सेवाग्राहीले सेवा पाउने समय र कोठा नम्बर उल्लेख हुन्छ । नयाँ नागरिकताको हकमा प्रमाण पु¥याएर १२ बजेभित्र पेस गर्ने निवेदकलाई १ बजे भित्र र दिउँसो १२ बजेदेखि ३ बजेसम्म पेस गर्ने निवेदकलाई ४ बजेभित्र नागरिकता प्रदान गरिन्छ ।

नागरिकताको प्रतिलिपिको हकमा प्रमाण पु¥याएर पेस भएका निवेदकलाई अभिलेख भिडेको एक घण्टाभित्र प्रतिलिपि दिइने छ । यस्तै अनलाइन फारम भरेर राष्ट्रिय परिचयपत्रका लागि आएका निवेदकले पनि एक घण्टाभित्रै सेवा पाउने सूचना अधिकारी अर्यालको भनाइ थियोे । ई–पासपोर्टको लागि आउने सेवाग्राहीले प्रि–ईनरोलमेन्टको फारम भरेर आए तोकिएकै दिन र समयमै ईनरोलमेन्ट हुने र केन्द्रबाट प्राप्त भएका ई–पासपोर्ट टोकन प्रणालीअनुसार सोही दिन समय तोकेर वितरण हुनेछ ।

जिल्लाको सुशासन अभिवृद्धि, विकास र समृद्धिका कार्यालय लागि परेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । “यसका लागि प्रमाण पु¥याई सेवा लिन पेस भएका निवेदनमा  सेवा सोही दिनमै सेवा दिने गरिएको छ ।” उहाँले भन्नुभयो, “यसलाई अझै सहज बनाउन आजदेखि टाईमकार्ड लागू गरेका हाँै, यसले सेवाग्राहीमा समयको सुनिश्चतताको साथै सेवा प्रतिको विश्वसनियता बढ्ने अपेक्षा राखेका छौँ ।”

प्रजिअ पाण्डेले सेवाग्राहीका लागि टाईमकार्ड लागू गरे पनि गर्भवती महिला, अपाङ्ता भएका व्यक्ति र जेष्ठ नागरिकलाई भने टाईम कार्ड नचाहिने बताउनुभयो । उहाँले यस्ता सेवाग्राहीको हकमा सोझै फाँटमा तोकिएको कर्मचारीलाई भेटेर सेवा लिन सकिने स्पष्ट पार्नुभयो । उक्त कार्यालयमा दैनिक एक सय बढी नयाँ नागरिकता, ८०भन्दा बढी प्रतिलिपि, दुई सय जना भन्दाबढीको राष्ट्रिय परिचय पत्र बन्ने गरेको र दुई सय ५० भन्दाबढी ई–पासपोर्ट बन्ने गरेको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ