Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ६, काठमाडौँ | </b>नेकपा माओवादीका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन्। ललितपुरको सुमेरु अस्पतालमा उपचाररत नेता पुनलाई शुक्रबार डिस्चार्ज गरिएको हो।&nbsp;<br></p><p>पुनको स्वास्थ्यमा केही सुधार आएपछि डिस्चार्ज प्रक्रिया अघि बढाइएको उपचारमा संलग्न प्रा.डा.युवराज शर्माले जानकारी दिए। पेटरोग विशेषज्ञ शर्माले भने, ‘उहाँलाई निगरानीमा राख्ने गरी डिस्चार्ज गरिएको हो। फलोअपका लागि भने आइराख्नुपर्ने हुन्छ।’</p><p>उपचारमा संलग्न चिकित्सकले पुनलाई कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन्। पुनको कलेजोमा समस्या देखिएपछि चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका हुन्। पेटरोग विशेषज्ञ डा.शर्माले पुनको लिभरमा असर देखिएका कारण प्रत्यारोपणको सुझाव दिएको बताए।&nbsp;</p>