२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीले लिन मानेन रवि लामिछानेविरुद्धको उजुरी

२०७९, १७ माघ मंगलवार १२:०१

माघ १७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज सफल (पौडेल) जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।


काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले यो जाहेरी दर्ता नगरिएको हो ।

सिन्धुलीका पौडेलले लामिछानेविरुद्ध अध्यागमन विभाग कालिकास्थानमा पनि जाहेरी बुझाएका छन् । यद्यपि अध्यागमन विभागले पनि दर्ता गर्न अस्वीकार गरेको छ ।

प्रहरीमा राहदानी ऐन अनुसार कारवाही हुनुपर्ने माग सहितको जाहेरी छ भने अध्यागमन विभागमा अध्यागमन ऐन अनुसार कारवाही हुनुपर्ने माग छ । राहदानी ऐनको दफा २१ (क)मा झुटो विवरण दिई राहदानी लिन नहुने उल्लेख छ । त्यसरी राहदानी लिएमा दुईदेखि पाँच लाख रुपैयाँ जरिवाना, एकदेखि तीन वर्ष कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।

अध्यागमन विभागमा दिइएको उजुरीमा लामिछानेमाथि ‘जाली राहदानी’ प्रयोग गरेको आरोप लगाउदै अध्यागमन ऐन अनुसार छानबिन र कारवाहीको माग छ । अध्यागमन विभागमा दिएको जाहेरीमा जाली राहदानी प्रयोग गरेको आरोप छ ।

ऐनको दफा ५ मा रहेको ‘जाली राहदानी वा भिसा प्रयोग गर्न नहुने’ सम्बन्धी प्रावधानमा भनिएको छ, ‘कसैले आफ्नो नाम, उमेर, राष्ट्रियता वा अन्य कुनै कुरा ढाँट्न, झुठ्ठा विवरण दिन वा जाली राहदानी वा भिसा प्रयोग गर्न गराउन हुँदैन ।’

जाहेरीमा राहदानी ऐनको उल्लंघन गरी लामिछानेले झुटो विवरण पेश गरेर राहदानी लिएको उल्लेख छ । यो आरोप प्रमाणित भए ७५ हजार रुपैंयासम्म जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

लामिछानेमाथि अमेरिकाबाट नेपाल फर्केपछि अमेरिकी नागरिकता कायम रहेको बेला कायम नरहेको नेपाली नागरिकता प्रयोग गरी झुक्याएर नेपाली राहदानी लिएको आरोप दुवै जाहेरीमा छ । नेपाली राहदानी लिनुभन्दा पहिले भर्नुपर्ने फारममा राष्ट्रियताको विवरण भर्नुपर्छ ।

अमेरिकाको नागरिकता कायम भएका बेला लामिछानेले आफ्नो राष्ट्रियता नेपाली भनी उल्लेख गरी नेपाली राहदानी लिएका थिए । त्यही विवरण देखाई जाहेरीमा उनले झुटो विवरण पेश गरेको आरोप लगाइएको हो ।

‘केवल नेपाली नागरिकले मात्रै प्राप्त गर्नसक्ने नेपाली राहदानी प्राप्त गर्ने जुन कार्य गरेका छन्, सो(काम) कानूनद्वारा बर्जित र दण्डनीय छ’ जाहेरीमा भनिएको छ, ‘(उनी) शक्तिशाली व्यक्ति हुन् भनी कुनै पनि मोलाहिजा नगरी छानबिन र कारवाहीको प्रक्रिया अघि बढाई लामिछानेलाई कानूनको दायरा भित्र ल्याउने कर्तव्य पुरा गर्नुहुनेछ भनी यहाँलाई जानकारी दिन चाहन्छु ।’

पौडेल लामिछानेको नागरिकताको बैधानिकतामाथि प्रश्न उठाएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नेमध्येका एक हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो