2026-06-18 11:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविलाई भौतिक पूर्वाधारमन्त्री बन्न सुझाव

माघ १८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री नपाए सरकारबाट बाहिरिने आफ्नो अडानबाट पछि हटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले रविको नागरिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्री नबनाउने अडान लिएपछि उनी निराश बनेका थिए । उनले सत्ता गठबन्धनको मुख्य घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमार्फत पनि प्रधानमन्त्री दाहाललाई गृहमन्त्रालयमा फर्कने दबाब दिएका थिए ।


ओलीले पनि पुष १० गतेको सहमतिबमोजिम गृहमन्त्रीमा रविलाई तत्काल नियुक्त गर्न दबाब दिएका थिए । तर, प्रधानमन्त्री दाहालले आफू कुनैपनि हालतमा गृहमन्त्राय अब अर्को दललाई नदिने अडानमा रहेको निश्कर्ष सुनाएपछि ओली र लामिछाने दुवै जना यतिवेला आफ्नो पूर्ववत् अडानबाट ब्याक भएका छन् । एमाले अध्यक्ष ओलीले नै अहिले सरकारबाट नबाहिरिन लामिछानेलाई आग्रह गरेका छन् ।

उनले नागरिकतासम्बन्धी सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म र राहदानीको विषय निक्र्यौल नभएसम्म भौतिक पूर्वाधारमन्त्री बन्न लामिछानेलाई आग्रह गरेका छन् । प्रधानमन्त्री दाहालले पनि लामिछानेलाई भौतिक पूर्वाधामन्त्री बनाउन सकारात्मक जवाफ दिएका छन् । गृहमन्त्रालयको नेतृत्वमा फर्कँदा नैतिकताका प्रश्न हुने भन्दै दाहालले उनलाई गृहमन्त्रीमा नियुक्त नगरेका हुन् ।

लामिछानेले भने नैतिकताको प्रश्न आफूले सामाना गर्ने बताउँदै गृहको नेतृत्वमा नै फर्कने अडान लिएका थिए । अन्ततः प्रधानमन्त्री दाहालको अडानका सामू ओली र लामिछानेको केही लागेन् । ओलीले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनलाई लक्षित गरेर लामिछानेलाई गृहबाहेक अन्य कुनै मन्त्रालय लिएर जान सुझाव दिएका छन् ।

लामिछाने ओलीको आग्रहपछि भौतिक पूर्वाधारमन्त्री बन्न तयार रहेको विश्वस्त सूत्रको दाबी छ । प्रधानमन्त्री दाहालले भने मन्त्रिपरिषद् हेरफेरको गृहकार्य थालेका छन् । उनले अहिले पार्टीका महासचिव देवप्रसाद गुरुङ र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग परामर्श गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी