पढ्न करिब 3 मिनेट लाग्छ

असोज ३, काठमाडौं । आइतबार अबेर झण्डा हल्लाउँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही सिधै भीआईपी कक्षमा प्रवेश गरे ।

तर, उनी कतिबेला भिआइपी कक्षबाट फर्किए कसैलाई पत्तो भएन । मन्त्री शाही विमानस्थलका ट्याक्सी चालकको अनुगमन गर्न विमानस्थल गएका थिए । किनकी उनलाई विदेशी साथीहरुले ट्याक्सीमा धेरै ठगिने गरेको गुनासो गरेका थिए । उनले सोचे, म आफैं एक पटक पर्यटक बनेर किन वास्तविकता पत्ता नलगाउने ?

अनि उनि त्यहि कुराको अनुगमन गर्न बिमानस्थल पुगे । इत्तेहाद एयरको विमान आउने समय पारेर विमानस्थल पुगेका मन्त्री शाही सुटुक्क भीआईपी कक्षको शौचालयमा पसे र आफ्नो भेष बदले । भेष बदलेर मन्त्री अब पर्यटक बने । कालो पाइन्ट, सेतो टिसर्ट, हृयाट र कालो चश्मा लगाएका उनी झोला बोकेर निस्कँदा कसलाई के थाहा मन्त्री आफै भेष बदलेर पर्यटकको रुपमा बाहिर जाँदैछन् । त्यतिखेर उनि साच्चै एउटा साधारण नागरिक पर्यटक जस्ता देखिए । उनीसँग भएका सुरक्षा गार्डहरु एयरपोर्टमै थिए ।

भीआइपी कक्षबाट केही अघि बढेर मन्त्री शाहीले अध्यागमनको काम कारबाहीलाई केही टाढैबाट नियाले । अगाडि जाँदा पासपोर्ट चाहिने भएकाले उनले सबै गतिबिधि टाढैबाट नियालेका थिए । र, त्यतिकैमा उनि पर्यटकको भेषमा एक्लै बाहिर निस्किए ।

अब उनको लक्ष ट्याक्सी थियो । उनि आफ्नो योजना बमोजिम ट्याक्सीको खोजीमा लागे । विमानस्थलमा निलो, रातो र कालो नम्बर प्लेटका ट्याक्सीहरु उपलब्ध छन् । ट्याक्सी चालकहरु शाहीलाई पर्यटक नै सम्झिएर तानातान गर्न लागे र अन्तत उनी निलो नम्बर प्लेटको ट्याक्सीमा चढे ।

उनले आफू भारतीय भएको र अहिले अमेरिकामा बस्ने भन्दै नेपाल घुम्न आएको बताएका थिए ।

ट्याक्सीलाई उनले ठमेल जाने कुरा बताए । तर, ट्याक्सी चालकले उनलाई उनले भनेको होटलमा लान नमानेर अन्तै देखाउन थाल्यो । मन्त्री साहीले ट्याक्सी चालकलाई काठमाडौं गेष्टहाउसमा लैजान भनेका थिए तर चालकले कहिले दियालो राम्रो भएको भन्दै त्यहाँ पुर्यायो । मन्त्रीले काठमाडौं गेष्ट हाउसमानै लैजान भनेपछि ट्याक्सी चालकले हिमालयन पुर्यायो । तर, मन्त्री नमानेपछि काठमाडौं गेष्ट हाउसमा पुर्यायो तर, मन्त्रीसँग १५ सय भाडा उठायो ।

होटलमा पुगेपछि कोठा बुक गर्नुपर्ने भएकाले शाहीले जब आफ्नो असली परिचय दिए, तब ट्याक्सी चालक झस्किए ।

मन्त्री साहिको अनुगमन सकियो । उनले बुझे नेपाल आउने पर्यटकलाई कतिसम्म समस्या रहेछ । बिमानस्थलबाट झरेपछि ट्याक्सीको तानातान र होटल खोज्ने काममा कमिसनको खेल मन्त्री बुझे । उनले विश्लेषण गरे यस्तो कार्यले देशकै बेइजत भएको छ ।

आइतार अबेर अनुगमन गरेका मन्त्री शाहीले सोमबार सम्वन्धित अधिकारीहरुलाई बोलाएर विमानस्थलमा ट्याक्सी व्यवस्थित गर्न निर्देशन दिएका छन् ।

ट्याक्सीहरु ताकिएको लाइनमा बस्नु पर्ने र पर्यटकहरुलाई तान्ने जस्ता काम तत्काल रोक्न मन्त्री शाहीले निर्देशन दिए ।