Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सरकारबाट बाहिरिने रास्वपाको निर्णय, आज नै मन्त्रीहरुले राजीनामा बुझाउने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सरकारबाट बाहिरिने निर्णय गरेको हो।

पार्टीले निर्णय गरेसँगै आज नै रास्वपाबाट मन्त्री बनेकाहरुले प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिने भएका छन्। पत्रकार सम्मेलनका क्रममा पार्टी सभापति लामिछानेले मन्त्रीहरुले आज नै राजीनामा बुझाउने बताएका हुन्। रास्वपाबाट हाल तीनजना मन्त्री सरकारमा छन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ १३ गते लामिछानेलाई सांसदका लागि अयोग्य ठहर गरेको थियो। त्यसपछि उनको पार्टीले पाएको उपप्रधान एवम् गृह मन्त्रालय समेत फुत्किएको थियो।

नागरिकता पाएपछि पुनः गृहमन्त्रालय आफ्नो पार्टीलाई नै दिनुपर्ने माग गरेका थिए। तर प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रालय नदिने अडान कसेपछि सरकारबाट बाहिरिने निर्णयमा सो पार्टी पुगेको हो।