Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 1, 2023 राजनीति

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १७, काठमाडौँ | नेकपा एकीकृत समसाजवादीले राष्ट्रपतिमा आठ दलको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले नेता पौडेललाई मतदान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उनले सरकारमा जाने विषय सकारात्मक रहे पनि अहिले छलफल नभएको बताए ।

उनले भने, ‘सरकारमा कसको नेतृत्वमा जाने भन्ने विषयमा छलफल गर्ने बेला नै आइसकेको छैन । त्यसबारे हामीले छलफल गरेका छैनौँ ।’

प्रवक्ता खतिवडाले गृह मन्त्रालय आफूहरुले लिनेबारे अहिलेसम्म कुनै छलफल नै नभएको प्रष्ट्याए ।