२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नागरिकमा उत्साह जगाउन भूमिका खेल्छु : नवनिर्वाचित राष्ट्रपति पौडेल

२०७९, २६ फाल्गुन शुक्रबार १२:२०

फागुन २६, काठमाडौँ | नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकमा उत्साह जगाउन राष्ट्राध्यक्षको हैसियतबाट आफूले भूमिका खेल्ने बताउनुभएको छ ।

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा रहेको बिपी सङ्ग्रहालयमा आज बिपी कोइरालालगायतका नेताको शालिकमा माल्यार्पणपछि आयोजित कार्यक्रममा नवनिर्वाचित राष्ट्रपति पौडेलले जनतामा आशा र उत्साहको सञ्चार गरेर मुलुकमा नयाँ जागृति ल्याउनुपर्ने बताउनुभयो ।


राजनैतिक स्थायित्व र मुलुकको सुशासनमा सबैको ध्यान जान आवश्यक रहेको उहाँले सुनाउनुभयो । बिपी कोइराला लगायतका नेताप्रति सम्मान व्यक्त गर्दै नवनिर्वाचित राष्ट्रपति पौडेलले जनताले प्राप्त गरेको अधिकारमाथि कसैले पनि खेलबाड गर्न नहुने र संविधानको संरक्षकको भूमिकामा रहेर आफूले त्यो भूमिका निर्वाह गर्ने बताउनुुभयो ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले जनतामा देखिएको निराशालाई आशामा परिणत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, देवानसिंह राई र योगेन्द्र शेरचनको शालिकमा उहाँले माल्यार्पण गर्नुका साथै जकरण्ड नामको वृक्षरोपण गर्नुभएको थियो ।

त्यस अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई बिपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल, वाग्मती प्रदेशसभा सदस्य विमल ठकुरीलगायत सङ्ग्रहालय समितिका पदाधिकारी र सदस्यले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड