पढ्न करिब 1 मिनेट लाग्छ

चैत १, पोखरा | नेपाल विद्यार्थी संघ (नेविसंघ) पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लुआरसी) इकाई समितिका असन्तुष्ट समूहले स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आमरण अनसन बसेका छन् ।

सो समूहले निर्वाचन समितिले धाँधलीपूर्ण गरेको भन्दै स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आमरण अनसन बसेका हुन् ।

स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता समयमा क्याम्पसको इकाई बैठकबिना बाहिरी व्यक्तिहरूको अनधिकृत रूपमा प्रवेश गरेको भन्दै क्याम्पस इकाई कमिटीका उपसभापति सन्देश पोखरेल, सुमन भट्टराई, सचिन अर्यालसहित १४ जनाले फागुन २७ गते राजीनामा दिएका थिए ।

सोही समूहले स्ववियु कार्यालय र क्याम्पस प्रशासन कार्यालयमा तालाबन्दी पनि गरेको छ ।