संखुवासभाका ८ मतदानस्थल अति संवेदनशील

Posted on: 09 Apr, 2022

चैत्र २६, संखुवासभा | संखुवासभाका  लागि ८ ओटा मतदानस्थललाई अति संवेदनशील सूचिमा राखिएकोे छ । स्थानीय तह निर्वाचनका लागि जिल्ला सुरक्षा समिति संखुवासभाले ८ ओटा मतदान स्थललाई अति सम्वेदनशिलको सूचीमा राखेको हो । जिल्लाका एक सय ३  ओटा मतदानस्थल मध्ये सुरक्षा संवेदनशिलताको हिसाबले ८ ओटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको संखुवासभाका साहयक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिए । 

एक सय ३  ओटा मतदानस्थल स्थलमध्ये ७९ ओटा मतदानस्थल सम्वेदनशिल, १६ ओटा मतदानस्थल सामान्य र ८ ओटा मतदानस्थल अति सम्वेदनशिल सूचीमा वर्गिकरण गरिएको  साहयक प्रजिअ घिमिरेले बताए । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाठा,यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अलि संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको बताइएको छ ।

सुरक्षा समितिले ती मतदान स्थललाई अति संवेदनशील सूचीमा परेका मतदान स्थलमा सुरक्षा प्रबन्ध मिलाइने घिमिरेले बताए । अति संवेदनशील मतदानस्थलमा ३ हजार ४ सय ३८  जना मतदाता रहेका छन् । जिल्लामा ६० हजार ६ सय ७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी १ लाख १७ हजार ७ सय ३१ जना मतदाता रहेका छन् । मतदान केन्द्रलाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाउने बताइएको छ ।

अति संवेदनशील मतदान स्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिने साहयक प्रजिअ घिमिरेले बताए । निर्वाचन आयोगले १० वटै स्थानीय तहका लागि अधिकृत र निर्वाचन अधिकृत तोकिसकेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!