मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु,एक गम्भीर घाइते

Posted on: 16 Mar, 2024

चैत ३, संखुवासभा | संखुवासभाको पाँचखपन नगरपालिका–९ याङ्सिजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

आपसमा मोटरसाइकल ठोक्किदा पाँचखपन–९ का ६५ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। आज दिउँसो १२ बजे पाँचखपनको भित्रि सडकखण्डअन्तर्गत याङ्सिजुङबाट वानातर्फ आउँदै गरेको बा४०प १७९ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको को३७प १८४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए।

दुर्घटनामा परेर पाँचखपनका २७ वर्षीय कमानसिं विश्वकर्मा गम्भीर घाइते भएको प्रहरी निरिक्षक लामिछानेले बताए। घाइते कमानसिंको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले ठक्कर दिने मोटरसाइकल चालक धनकुटा नगरपालिका–१० का २३ वर्षीय पदम भण्डारीलाई नियन्त्रणमा लिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!