मामाको हत्या आरोपमा भान्जा पक्राउ

Posted on: 11 Jun, 2022

जेठ २८, जनकपुर | सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–११, हिरापुरका ३१ वर्षीय रवि विक रहेका छन् ।

शनिबार बिहान आफ्नै मामा ४५ वर्षीय अशोक विकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक अशोक लालबन्दी–१७, रानीगञ्जका वासिन्दा हुन् ।

प्रहरीका अनुसार रविको काकाको तरकारी बारीमा दुबै जना काम गरिरहेको बेला विवाद हुँदा रविले अशोकको टाउकोमा बाँसको भाटाले हिर्काएका थिए । गम्भीर घाइते भएका अशोकलाई उपचारका लागि अस्पतालतर्फ लग्दै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । रविलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!