सर्लाहीको हरिपुर्वा नगरपालिका :- २ मा लोसपाको प्यानलै विजयी

Posted on: 15 May, 2022

जेठ १, जनकपुरधाम | सर्लाहीको हरिपुर्वा नगरपालिका-२ को वडाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार  दिनेश राय विजयी भएका छन्।

यो स्थानीय तह निर्वाचनमा धेरै कमजोर नतिजा निकालिरहेको महन्थ ठाकुर नेतृत्वको लोसपाका लागि रायको जितले राहत दिएको छ।

यो वडामा रायसहित उनको पूरै प्यानल निर्वाचित भएको हो। विजयी भएका लोसपाका रायले ६६२ मत ल्याउँदा पराजित कांग्रेसका पुरुषोत्तम रायले ३०२ मत ल्याएका छन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!