सर्लाहीको बागमतीमा बिहान बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, १७ घाइते

Posted on: 20 Jun, 2024

असार ६, सर्लाही । सर्लाही बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।

रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको लु १ ख ८८४८ नम्बरको बस सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको लरी ट्रकसंग ठोक्किएर दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवट रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!