सर्लाहीबाट अपहरित ४ वर्षीय बालकको उद्धार, एक भारतीय पक्राउ

Posted on: 07 Mar, 2024

फागुन २४, सर्लाही | सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर–२ स्थित सङ्ग्रामपुरबाट अपहरणमा परेका बालकको प्रहरीले उद्धार गरेको छ । बुधवार कुरकुरे किन्न गएका ४ वर्षीय अङ्कित कुमार राम अपहरणमा परेका हुन् ।


अपहरणमा संलग्न भारतको सितामढी घर भएका २७ वर्षीय अताबुल अन्सारीलाई पक्राउ गरिएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले बताए । आरोपीबिरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!