ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

Posted on: 07 Mar, 2024

फागुन २४, काठमाडौं | सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्याक्टरमा सवार सिन्धुलीको फिक्कल गाउँपालिका-५ का ३० वर्षीय दिनेश काफ्ले रहेका छन् ।

कमलामाई नगरपालिका-३ सोलाभन्झ्याङ तुफान डाँडास्थित भित्र सडकमा बुधबार राति ११ बजे प्र२-०३-००१ त४११३ नम्बरको सिमेन्ट र रड बोकेको ट्याक्टर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका चालक तीनपाटनका गोपाल तोलाङगी र दिनेश काफ्लेको उद्धार गरी जिल्ला अस्पताल पुर्‍याइएको थियो । उनीहरू मध्ये काफ्लेको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!