Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 26, 2023 समाज

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई अन्तरिम राहत दिन अदालतले गर्‍यो अस्वीकार

By साझासवाल 3 मिनेट पढाइ

चैत १२, काठमाडौँ | काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवतीलाई अन्तरिम राहत दिन अस्वीकार गरेको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले चैत १० गते उक्त आदेश गरेको हो । अन्तिम फैसलाका लागि सबै अंग पुगिसकेकाले फैसलाकै समयमा उक्त विषयको टुंगो लगाइने भनिएको छ ।

आदेशमा भनिएको छ, ‘मुद्दामा अंग पुगी पेशीको तारेख तोकिएको मिसिल संलग्न तारेख भर्पाइबाट देखिँदा प्रस्तुत मुद्दामा फैसला हुँदाको बखत कानूनबमोजिम हुने नै हुँदा हाल निवेदन मागबमोजिम क्षतिपूर्ति भराइदिनु पर्ने अवस्था देखिएन ।’

त्यसअघि पीडितलाई तत्काल राहत आवश्यक रहेको भन्दै सरकारी पक्षले निवेदन दिएको थियो । जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका सन्दीपलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।

उच्च अदालतको आदेशमा विदेशमा जान प्रतिबन्ध लगाइएकोमा सर्वोच्च अदालतले सर्तसहित फुकुवा गरेको थियो । सर्वोच्चले मुद्दाको अन्तिम टुंगो चाँडो लगाउन पनि निर्देशन दिएको थियो ।

बलात्कारसम्बन्धी मुद्दामा दोषीलाई कैद सजाय र जरिवानाबाहेक पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने पनि व्यवस्था छ ।

अन्तिम सुनुवाइका लागि जिल्ला अदालतमा सोमबार पेशी तोकिएको छ ।