Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 27, 2023 समाज

काठमाडौंमा मेयर बालेनविरुद्ध प्रदर्शन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १३, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध प्रदर्शन गरिएको छ ।

संविधान र कानुनविपरीत सुकुम्वासीलाई उठीवास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर बालेनविरुद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघरसम्म र्‍यालीसहित विरोध प्रदर्शन गरिएको हो ।

आफूहरूलाई उठीवास लगाउने काममा मेयर बालेन लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले बताए ।

भूमिहीनलाई जग्गाधनी पुर्जा दिनुको साटो संविधान र कानुनविपरीत उठीवास लगाउने प्रयास गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत उनले दिए ।