२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दैनिक तीन घण्टा पैदल हिँडेर विद्यालय

२०७९, २३ चैत्र बिहीबार १२:०९

चैत २३, पर्वत | सरकारले कुनैपनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोकेको छ । तर यहाँको एक विकट गाउँमा भने विद्यार्थी विद्यालय पढ्नका लागि दैनिक तीन घण्टा भन्दाबढी पैदल हिँड्न बाध्य भएका छन् । 

पर्वतको महाशिला गाउँपालिका-४ पाखापानीका विद्यार्थी कक्षा ११ र १२ अध्ययन गर्नका लागि तीन घण्टाभन्दा बढी पैदल हिँडेर विद्यालय पुग्नुपर्ने बाधयता छ । पाखापानीमा माध्यमिक विद्यालय तीन वटा भए पनि दश जोड २ सञ्चालन भएको विद्यालय एउटा मात्र भएकाले अध्ययन गर्नका लागि टाढा जानुपरेको हो । 

लामतुनमा रहेको जनविकास मावि पुग्न पाखापानीका सिम्ले, भण्डारी थर, कोखे, चौडिल्ला लगायतका बस्तीबाट बिहान दुई घण्टा उकालो हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता छ । एसइईसम्मको अध्ययन स्थानीय स्वधर्म मावि र विश्वज्योति माविमा पढेपनि प्लस टु अध्ययनका लागि लामो बाटो हिँड्नु परेको कक्षा १२ मा अध्ययनरत भण्डारी थरका राहुल भण्डारीको भनाइ छ । 

विद्यार्थी शिवकला क्षेत्रीले बस्तीभन्दा टाढा विद्यालय हुँदा सास्ती खेप्नु परेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “नजिकमा विद्यालय भएको भए बिहानभरी पढेर, थोरै समयमै विद्यालय पुग्न सकिन्थ्यो, तर टाढा हुँदा न त बिहान पढ्ने समयनै हुन्छ नत घरको काम गर्ने ।” 

विद्यालय भएको बस्ती लामतुनमा भन्दा पैदल हिँडेर जाने विद्यार्थीको सङ्ख्या उल्लेख्य रहेको वडाध्यक्ष पुरन मल्लल बताउनुभयो । “विद्यालय भएको बस्तीभन्दा टाढाका बस्ती सुगम भएकाले पनि त्यहाँ जनघनत्व बढी छ तर त्यहाँका विद्यालयमा कक्षा ११, १२ पढ्ने सुविधा छैन, त्यसैले यहाँका विद्यार्थीले निकै सास्ती पाएका छन्”, मल्लले भन्नुभयो । 

“भीरको बाटो हुँदै विद्यालय जानुपर्ने भएकाले हावाहुरी चल्दा बालबालिकालाई उडाउने डर हुन्छ । त्यस्तै बर्षात्मा पहिरोको डरले अभिभावकलाई पिरोल्ने गर्छ”, विद्यार्थी सिर्जना क्षेत्रीले भनिन्, “कहिलेकाहीँ साथी नपाउदा एक्लै जान डर लाग्छ ।” बस्ती नजिकै रहेका स्वधर्म मावि र विश्वज्योति माविमा उच्च मावि नखुल्दा आफूजस्ता ५० जनाभन्दा बढी विद्यार्थीले सास्ती पाउने गरेको उहाँले गुनासो गर्नुभयो । दैनिक तीन घण्टा भन्दा बढी पैदल हिँडेर जानुपर्ने बाध्यतामा यो गाउँका ५० भन्दा बढी विद्यार्थी रहेको विद्यालयले जनाएको छ । 

विद्यालयका प्राध्यानाध्यापक चक्रबहादुर क्षेत्रीले टाढाबाट आउने विद्यार्थीका लागि थोरै समय कुर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी आइसकेपछि मात्र पठनपाठन सुरु गर्ने गरेका छौँ, नजिकका विद्यार्थी चाँडो आए पनि टाढाबाट आउनेलाई केही समय पर्खने गरेका छौँ”, क्षेत्रीले बताउनुभयो । वडामा यो मात्रै प्लस टु पढाउने विद्यालय भएकाले विद्यार्थीको सङ्ख्या पनि धेरै रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै