२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विनोद चौधरीलाई कारबाहीसँगै १० अर्बको रोडम्याप

२०७९, २६ चैत्र आईतवार ०६:१२

चैत २६, काठमाडौँ | काठमाडौंका मेयर बालेन साहले जथाभावी डोजर चलाएको घटनाबाट पाठ सिक्दै ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले सर्प मर्ने,लठ्ठी पनि नभाँचिने योजना बनाएका छन् । उनले भोलि सोही योजनालाई मूर्तरुप दिन सरोकारवालाहरुबीच भेला बोलाएका छन्  ।

‘भोलि हाम्रो महानगरले नगरक्षेत्रमा बनाइएका मापदण्डविपरितका संरचना भत्काउनेबारे महत्वपूर्ण छलफल गर्दैछ । काठमाडौं महानगर, टोखा नगरपालिका, स्ट्रक्चरल इञ्जिनियरहरु र विज्ञहरुबीच २ बजे छलफल डाकिएको छ । त्यसमा सर्वसाधारण पनि खुशी हुने,महानगरलाई पनि आर्थिक स्रोतको जोहो हुने योजना बनाइने छ,’महानगरपालिका स्रोतले भनेको छ ।

भोलिको छलफलले भवन अभिलेखीकरण कार्यविधिलाई अन्तिम रुप दिन सहयोगी भूमिका निभाउने बताइन्छ । कार्यविधिमा कम्तीमा तीन सय प्रतिशत जरिवाना लिएर मापदण्ड विपरितका संरचनालाई नियमन गर्न म्याद दिने तयारी मेयर महर्जनको छ । यसो गर्दा सक्नेलाई नियमित गराउने र नियमनमा नआउनेलाई कारवाही गर्ने बाटो खुल्ने उनको बुझाइ छ ।

महानगरमा विशेषगरी साढे २ तला भनेर तीन तला बनाइएको,टप नभएको ठाउँमा टप राखिएको र सेड ब्याक मिचेर भवन बनाइएको समस्या सबैभन्दा धेरै पाइएको स्रोतको दाबी छ । यस्तो अवस्थामा नयाँ कार्यविधि कार्यान्वयन गर्दा महागनरले झण्डै १० अर्ब आम्दानी हुने लक्ष्य राखेको बताइन्छ । कार्यविधि पहिले मूल बाटोमा, त्यसपछि भित्रीबाटो र गल्लीका भवनमा पनि लागू हुनेछ । 

यसैबीच डलर अर्बपति विनोद चौधरीको समिट अपार्टमेण्टले सहरी विकास मन्त्रालयबाट प्लानिङ परमिट मात्रै लिएको तर महानगरबाट कुनै स्वीकृति नलिएको सम्बन्धमा हदैसम्मको कारवाहीको निम्ति आज महानगरको कार्यालय पुल्चोकमा बोलाइएको छ । 

लापरबाहीको पराकाष्ठा गर्दै निर्माण थालिएको नजिकैका दुई वटा घर ध्वस्त भएका छन् । अन्य आठ वटा घरमा क्षति पुगेको छ । एउटा घरको भुईं तल्ला जमिनमुनि भासिएकाले वास्तविकता बुझ्न चौधरीको कम्पनीका प्रतिनिधिलाई आज पुल्चोक बोलाइएको छ । कानुनसम्मत ढंगले उनले स्थानीयलाई चित्त बुझाउनुपर्ने महानगरको भनाइ छ । तर निर्माण स्वीकृतिमा महागनरपालिकालाई बाइपास गरेकाले हदैसम्मको कारबाही र जरिवाना गरिने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै