Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 12, 2023 समाज

सगरमाथामा ‘रोप फिक्सिङ’ गर्न गएका तीन जना शेर्पा हिमपहिरोमा बेपत्ता

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत २९, काठमाडौँ |</b> वसन्त सिजनको सगरमाथा आरोहणका लागि बाटो बनाउन ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने काम) क्रममा गएका तीन जना आरोहीको हिम पहिरोमा परी बेपत्ता भएका छन् । बुधबार बिहान ९ः३० बजे आएको हिमपहिरोमा परेर उनीहरु बेपत्ता भएका हुन् ।&nbsp;</p><p>क्याम्प एकभन्दा तल पाँच हजार सात सय मिटरको उचाईस्थित खुम्बु आइसफलमा आएको हिमपहिरोमा परी बेपत्ता हुनेमा दा छिरि शेर्पा, लाक्पा तेण्डी शेर्पा र लाक्पा रिता शेर्पा छन् ।&nbsp;</p><p>लोबुचे हिमाल आरोहरणकै क्रममा रहेकी कर्पोरेट नेपालकर्मी फुर्पा शेर्पाका अनुसार हिम पहिरोमा परी तीन जना बेपत्ता भएको र उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । उनीहरुको उद्दार कार्य भइरहेको उनले बताइन् । मृतकको उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर परिचालन गरिए पनि हिम पहिरोमा निकै तल पुरिएका उनीहरुको उद्दार गर्न निकै कठिनाई भइरहेको उद्धारकर्ताहरुको भनाई छ ।&nbsp;</p><p>क्याम्प १ तर्फ जानेक्रममा एक्कासी हिमपहिरो आएपछि तीनै जना शेर्पा करिब ५० मिटर तल बगेर पुरिएका थिए । सगरमाथाको माथिल्लो भागमा रोप फिक्सिङको जिम्मा पाएको इमाजिन ट्रेक नेपाल प्रा.लिबाट गएका उनीहरु हिम पहिरोमा परेका हुन् ।&nbsp;</p>