<p><b>बैशाख ३, बैतडी | </b>बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ । अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । <br></p><p>शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो । उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ । थप अनुसन्धानका लागि प्रहरी निरीक्षक खत्री नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ । </p>
April 16, 2023
समाज
बैतडीको दोगडाकेदारमा एक युवकको हत्या
By साझासवाल
2 मिनेट पढाइ










