बैशाख ४, दाङ | दाङको तुलसीपुर कारागारमा गोली चलेको छ ।

आइतवार राति साढे ८ बजेको समयमा ड्यूटीमा रहेका सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ टिकरी निवासी ३५ वर्षीय वसन्त केसी रहेका छन् । उनले ड्यूटीमै रहेका बेला आफूले बोकेको बन्दुकले आफैंलाई गोली हान्दा घटनास्थलमै मृत्यु भएको छ ।

उनले किन आत्महत्या गरे भन्ने विषयमा थप अनुसन्धान हुने डीएसपी मल्लले बताए । ‘पारिवारिक विवादका कारण गोली हानी आत्महत्या गरेको हुनसक्ने आंशका छ । यही कारणले नै गोली चलाए भन्ने विषयमा थप अनुसन्धान भएपछि मात्रै थाहा हुन्छ,’ डीएसपी मल्लले भने ।

मृतक केसीको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको डीएसपी मल्लले जानकारी दिए ।

April 17, 2023
समाज
तुलसीपुर कारागारमा गोली चल्यो, सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु
By साझासवाल
2 मिनेट पढाइ