Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 17, 2023 समाज

जिरकोटमा शैक्षिक सुधारका लागि विद्यालय गाभिए

By साझासवाल 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

बैशाख ४, गोरखा | अजिरकोट गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय समायोजन र योग्यताका आधारमा विद्यालयमा प्रधानध्यापक नियुक्त गरेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन तथा विद्यालयको खस्किँदो शैक्षिक अवस्था सुधारका लागि पालिकाभित्रका पाँच विद्यालय एकैमा गाभेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।

“गाउँपालिकाले पनि शिक्षा क्षेत्रमा ठूलो धनरासी खर्च गरेको हुन्छ”, उहाँले भन्नुभयो, “राज्यले लगानी गरिसकेपछि शैक्षिक गुणस्तर राम्रो हुुनुपर्छ, सामुदायिक विद्यालय राम्रो बनाउन मुख्य कुरा विद्यालयको नेतृत्व राम्रो हुनपर्ने तथा आवश्यक जनशक्तिको व्यवस्था गर्नुपर्छ भन्ने उद्देश्यका साथ नीति बनाएर विद्यालय गाभेर र योग्यताका आधारमा प्रधानध्यापक नियुक्त गरिएको हो ।”

सामुदायिक विद्यालयप्रति अभिभावक र बालबालिकामा समेत विश्वास नहँुदा गाउँबाट शहरमा बसाइँ सर्नेको सङ्ख्या बढ्दो रहेको भन्दै गाउँका सामुदायिक विद्यालयलाई तीव्र गतिमा प्रशासनिक, शैक्षिक, भौतिक तथा अतिरिक्त क्रियाकलापमा सुधार गर्न क्रमबद्ध ढङ्गबाट गाउँपालिकाले काम थालनी गरिसकेको अध्यक्ष देवकोटाको भनाइ छ ।

“गाउँबाट सहरमा बसाइँ सर्ने मानिसको सङ्ख्या बढ्दो छ”, उहाँले भन्नुभयो, “आमजनताको सामुदायिक विद्यालयप्रति आर्कषण बढाउन ठोस कार्यक्रम नै बनाएर अघि बढ्नुको कुनै विकल्प छैन, त्यसका लागि हामीले थालनी गरेका छौँ ।” अध्यक्ष देवकोटाले शैक्षिक गुणस्तर वृद्धिका लागि  विद्यालयको प्रशासनिक क्षेत्रको सुधारसँगै विद्यालयको भौतिक पूर्वाधारको विकास पनि अनिवार्य भएकाले गाउँपालिकाले त्यसतर्फसमेत योजना निर्माण गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँपालिकाभित्रका अभिभावक र बालबालिकाको मन जित्ने गरी शैक्षिक क्षेत्रको विकास गर्न गाउँपालिका प्रतिबद्ध भएर लागेको छ ।’ अध्यक्ष देवकोटाले पालिकाभित्रका २८ मध्ये पाँच आधारभूत विद्यालयलाई  गाभेको बताउनुभयो ।

“विद्यार्थी सङ्ख्या कम हुने शिक्षक धेरै हुने, विद्यार्थी कम हुँदा झनै निगरानी पनि कम हुने अवस्था सामुदायिक विद्यालयमा छ”, उहाँले भन्नुभयो, “कम विद्यार्थी भएका विद्यालयका विद्यार्थीलाई बढी विद्यार्थी भएका विद्यालयमा सार्दा व्यवस्थापन पनि पनि प्रभावकारी ढङ्गबाट गर्न सकिने र अभिभावकको पनि बढी चासो हुने ठाउँमा सार्दा शैक्षिक प्रगति गर्न सकिन्छ, शैक्षिक सेवा प्रवाहलाई सहजीकरण र सरलीकरण गर्न सजिलो हुन्छ भनेर विद्यालय गाभिएको हो ।” उहाँले सामुदायिक विद्यालयलाई व्यवस्थित गरेर सञ्चालन गर्दा गाउँपालिकाले दिने सेवा सुविधालाई पनि व्यवस्थित र उपलब्धि देखिने गरी लगानी गर्ने वातावरण तयार हुने बताउनुभयो ।

अध्यक्ष देवकोटाले गाउँपालिकाले विद्यालय समयोजनसँगै पालिकाभित्रका विद्यालयमा दरबन्दी मिलान तथा योग्यताका आधारमा प्रधानाध्यापक नियुक्त गरिसकेको जानकारी दिनुभयो । उहाँले विद्यालयको नेतृत्व सबल भएपछि मात्र विद्यालयका सबै क्षेत्रको विकास गर्न सकिने भएकाले सवल र सक्षम नेतृत्वको छनोट गरी विद्यालयको नेतृत्व गर्न पठाइएको बताउनुभयो ।

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने एक मात्र उद्देश्य गाउँपालिकाको रहेकाले राजनीतिक आस्थाका आधारमा दक्षता र क्षमता नहेरी प्रधानध्यापक नियुक्त गर्ने प्रचलनको गाउँपालिकाले अन्त्य गरेको उहाँको भनाइ छ ।