Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 21, 2023 समाज

प्रतिव्यक्ति २८ हजार रुपैयाँमा राहदानी बनाइ दिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

बैशाख ८, काठमाडौँ । राहदानी (पासपाेर्ट) बनाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ । विभिन्न व्यक्तिहरूलाई प्रतिव्यक्ति २८ हजार रुपैयाँ दिए राहदानी बनाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-२ मगर गाउँ  बस्ने ३४ वर्षीय स्माईल स्टार पुनसहित ३ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेकाे हाे ।

काठमाण्डौ महानगरपालिका-११ त्रिपुरेश्वरमा रहेकाे श्री प्रिया ट्राभल्स एण्ड टुर्स प्रालि सञ्चालन गर्ने पुन लगायतका व्यक्तिहरूले २८ हजार रूपैयाँ दिए राहदानी बनाइदिने भन्दै ठगी गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएकाे हाे । प्रहरीले बाँकी दुई जनाकाे नाम भने खुलाएकाे छैन ।

श्री प्रिया ट्राभल्स एण्ड टुर्स प्रालि तलासी गर्दा कम्पनीबाट विभिन्न नाम गरेको व्यक्तिहरुको राहदानी ५ थान, सिपीयू १ थान, मनिटर १ थान र  विभिन्न महत्वपूर्ण डकुमेन्ट लगायतका सामानसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको छ ।